घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
दाङ – दाङको घोराही उपमहानगरपालिकाले सरसफाइ व्यवस्थापनको काम निजी क्षेत्रमार्फत गराउन शुरू गरेको छ । उपमहानगरपालिका र सगरमाथा मल्टी सर्भिस/देव सरसफाइ सेवा जेभीबीच गएकाे पुस २५ गते भएको सम्झौता अनुसार निजी क्षेत्रबाट सरसफाइको काम शुरू भएको हाे ।
निजी क्षेत्रबाट सरसफाइ व्यवस्थापनको काम शुरू भएसँगै कम्पनीले लिने शुल्क निर्धारण भएको छ । कम्पनीले व्यवसाय र घर तथा उद्योगलगायतको प्रकृति हेरेर सरसफाइ शुल्क निर्धारण गरेको छ ।
कम्पनीले मासिक एक सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म लिँदै आएको छ भने घरको हकमा प्रतिस्क्वायरफिट मासिक ६५ पैसाका दरले सरसफाइ शुल्क लिँदै आएको छ । नक्शा पास भएकाे घरको मात्रै सरसफाइ शुल्क लिँदै आएको कम्पनीले अब सबै घरको सरसफाइ शुल्क लिने भएकाे छ ।
आर्थिक ऐन २०८१ मा व्यवस्था भए अनुसार नै निजी क्षेत्रले शुल्क लिने उपमहानगरपालिकाले जनाएको छ । आर्थिक ऐन २०८१ मा उल्लेख भए अनुसार ग्रामीण क्षेत्रको किराना पसल, अल्लो धागो, डोरी उद्योग, नर्सरीलगायतको मासिक एक सय रुपैयाँ सरसफाइ शुल्क तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।