अमेरिकामा यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १...
फागुन १२, २०८१ सोमबार
रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको छ । सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनी भूमिमा पुगेर आक्रमण थालेसँगै शुरू भएको युद्ध अझै पनि चलिरहेको छ ।
युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध हुने तयारी थालेपछि रुसले आक्रमण शुरू गरेको हो । तीन वर्षको युद्धमा जनधनको ठूलो क्षति बेहोरेको युक्रेनले नेटोको सदस्यता त पाएन नै उल्टै आफ्नो देशमा रहेका आधा खनिज गुमाउने देखिएको छ ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोहोरिएसँगै युक्रेन थप समस्यामा परेको छ । ट्रम्पले युक्रेन नेटोमा सहभागी हुन आवश्यक नभएको बताइसक्नुभएको छ । यस्तै अहिलेसम्मको सहयोग र भविष्यमा सहयोगका लागि युक्रेनका खनिजको आधा हिस्सा माग्नुभएको छ । यस्तै ट्रम्पले रुस–युक्रेन युद्धको बारेमा युक्रेनलाई नै खबर नगरी रुससँग वार्ता गर्नुभएको छ । मुख्य सहयोगीको व्यवहारले युक्रेन थप समस्यामा परेको हो ।
रुसी आक्रमणयता युक्रेनले चार खर्ब सात अर्ब अमेरिकी डलर बराबरको वैदेशिक अनुदान प्राप्त गरेकोमा ४७ प्रतिशत अनुदान अमेरिकाले प्रदान गरेको छ ।
तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति बेहोरेका छन् । रुसले झन्डै २० प्रतिशत युक्रेनी भूभाग नियन्त्रणमा लिएको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय शहरमा ड्रोन आक्रमण गर्दै आएको छ । रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गएको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् ।
युद्धको अनुगमन गरिरहेका निकायहरूले झन्डै ७० हजार युक्रेनी र झन्डै दुई लाख जना रुसी सेनाको ज्यान गएको अनुमान भए पनि यकिन विवरण सार्वजनिक भएको छैन ।
अमेरिकाको दबावमा पर्न थालेपछि युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले आज पत्रकारसँग कुरा गर्दै शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।