युक्रेनको शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन सक्दैन : फ्रान्सेली राष्ट्रपति म्याक्राेँ

 फागुन १३, २०८१ मंगलबार १८:२५:४० | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनको शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने बताउनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रुस–युक्रेन युद्धबारे छलफल गरेपछि युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टी हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्न नहुने र विना ग्यारेन्टी युद्धविराम गर्न नहुने उल्लेख गर्नुभयो । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने खर्च अमेरिकाले मात्र नभई युरोपेली देशले बेहोर्नुपर्ने बताउनुभएको छ ।

ट्रम्पलाई जवाफ दिँदै म्याक्रोँले युरोपले सुरक्षा खर्चलाई समान रूपमा बाँडफाँट गर्नुपर्ने आवश्यकता बुझेको बताउनुभएको खबरमा उल्लेख छ । रुसले युक्रेनमा आक्रमण शुरू गरेको तेस्रो वर्षगाँठमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको उहाँको भनाइ छ ।

ट्रम्पले आफू जतिसक्दो चाँडो युद्धविराम चाहेको र त्यसमा सहमति भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने बताउनुभएको छ । भर्खरै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वा नाटोको सदस्यता पाएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको थियो ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया