हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार ग...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७ सय ६५ दशमलव ८८ विन्दुमा पुगेको छ । गएको फागुन ४ गतेयता शेयर बजार बढिरहेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।