आज महाशिवरात्रि : पशुपतिमा बिहानैदेखि चहलपहल, छिटोभन्दा छिट...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै - कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आए पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् ।
रोयल सोसाइटीको डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले खोप तत्काल उपलब्ध नहुनेतर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको बताएका छन् । यस्तै खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले बताएका बीबीसीले जनाएको छ ।
इम्पेरियल कलेज लण्डनका नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युट का डाक्टर फियाेना कुलीका अनुसार, 'खाेप भन्नेबित्तिकै हामीलाई के लाग्छ भने महामारी समाप्त भइ हाल्छ तर खाेपकाे विकासका क्रममा कैयाैँ पटक विफलता भाेग्नुपरेकाे छ ।'
इम्पेरियल कलेज लण्डनकाे केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निलय शाह भन्नुहुन्छ, 'यदि खाेप उपलब्ध भए पनि एक महिनाभित्रमा नै सबैलाई खाेप लगाउन पाउँछन् भन्ने पनि हाेइन । यसमा ६ महिना पनि लाग्न सक्छ, नाै महिना र एक वर्ष पनि लाग्न सक्छ ।'
'यसरी हेर्दा पनि आउँदाे मार्चसम्म जनजीवन एकाएक पहिलेकाे जस्तै सामान्य हुन्छ भनेर भन्न सकिँदैन', उहाँले भन्नुभयाे ।
वैज्ञानिकहरुले यस दिशामा अझै पनि धेरै चुनाैतीहरु रहेकाे बताएका छन् ।
यद्यपि केही प्रायाेगिक तरिकाहरु पनि अपनाइएकाे छ । ठूलाे मात्रामा आरएनए खाेप बनाइँदै छ, जाे यसअघि कहिले पनि गरिएकाे थिएन ।
खोप प्रयोगमा आइसकेपछि पनि सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्न उनीहरुको सुझाव छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।
२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका र त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागेर प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।
अहिले विश्वभर ३ करोड ४४ लाखमा कोरोना सङ्क्रमण भइसकेको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २७ हजारको ज्यान गएको छ । बाँकीको उपचार चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।