घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व नहुने दाबी गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री खानले जम्मू र कश्मीरको विवाद सुल्झाउनुपर्ने भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्ने तथा इस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
खानले जम्मू-कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको आलोचना गर्दै फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको भारतीय सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गरेमा पाकिस्तानले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने चेतावनी दिनुभयो ।
बैठकमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीर र आतंकवाद विषय उठाएपछि संयुक्त राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतंकवादको विषयमा विवाद भएको छ । खानको भनाइपछि भारतले कडा प्रतिवाद गरेको छ । संयुक्त राष्ट्रसंघको भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई राजनीतिक पतनको संज्ञा दिएका बीबीसीले जनाएको छ ।
तिरुमूर्तिले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरुको उत्पीडन तथा सीमापार आतंकवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी पनि गर्नुभएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।