सुनको भाउ ८ सय रुपैयाँले घट्यो

 फागुन २९, २०७६ बिहीबार १२:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन बिहीबार ताेलाकाे ८१ हजार पाँच सय रुपैयाँ पुगेकाे हाे । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (काेभिड–१९) का कारण केही समय यता सुनको भाउ लगातार बढेको थियो । तर अहिले फेरि भाउ घटेको हो ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको असर परेकाले सुनको भाउ बढ्ने र घट्नेबारे यसै भन्न सकिने अवस्था नरहेको महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया