एनआईसी एसियाको होली अफर : शत प्रतिशत नगद फिर्ता

 फागुन २२, २०७६ बिहीबार २०:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

एनआईसी एसिया बैंकले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ् प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।

योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना ग्राहकले शत प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा एक सय रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा एक हजारसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराज डट कम बाट सामान खरिद गर्दा १० प्रतिशत वा पाँचसय रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरू बैैकले सञ्चालन गरिरहेको छ ।

यस बाहेक बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ ।

साथै, बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही पाँच सय रुपैयाँ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जनाले जनही एक हजार रुपैयाँसम्मको उपहार प्राप्त गर्दै आएका बैंककाे दावी छ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया