भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै - नेपालको पर्यटनको प्रवर्द्धन तथा 'भिजिट नेपाल २०२०' मार्फत् २० लाख पर्यटक भित्र्याउन एक्सेलट्रिपले ग्लाेबलले नेपाल पर्यटन बोर्डसँग साझेदारी गरेको छ।
पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका सञ्जाल भएकाे एक्सेलट्रिप एउटा अनलाइन ट्राभल प्लाटफर्म हो।
विश्वका १४ देशमा आफ्नो उपस्थिति जनाइसकेको एक्सेलट्रिपले संसारभरका लाखौँ पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्ष मार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यहित नेपालमा सेवा सुरु गरेकाे हाे ।
एक्सेलट्रिपले अनलाइन होटल तथा एअरलाइन्स बुकिङ मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय उपभोक्ता एवं होटल सञ्चालकहरूलाई प्रत्यक्ष जोड्ने काम गर्दछ । यसले यात्रुहरूलाई स्थानीय होटल खोज्न सहयोग पुर्याउँछ भने होटलहरुका लागि थप ग्राहक उपलब्ध गराउँछ।
कमिशन नलिइ काम गर्ने एक्सेलट्रिपले बुकिङ डट कम, अगोडा, एक्सपेडियाजस्ता केही अन्तर्राष्ट्रिय एजेन्टका उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्नेछ।
एक्सेलट्रिपमार्फत स्थानीय बैंकले जारी गरेकाे भिसा र मास्टरकार्ड तथा इ-सेवा मार्फत अन्तराष्ट्रिय होटल तथा उडान बुक गर्न सकिन्छ । यसले
अनलाइन बुकिङका लागि सबै होटल र होमस्टेमा डिजिटल भुक्तानीका लिन सकिने बनाउने लक्ष्य लिएकाे छ । यसकाे भुक्तानीका माध्यम विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे सँगसँगै इ-सेवाको डिजिटल वालेट हुनेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।