भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ - अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ ।
सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुने चेतावनी दिनुभयो ।
‘तपाईँहरुले नै जम्मा गरेको निक्षेपबाट बैंकले ऋण परिचालन गर्ने हो, त्यसमा बैंक जिम्मेवार बन्नुपर्छ, उद्यम गर्न चाहनेलाई कुनै बैंकले सानो ग्राहक हो, यसलाई भेट्न जरुरी छैन भन्दै हिच्किचाहट गरेमा हामीलाई सम्पर्क गर्नुहोस, हामीसँग हटलाइन र इमेल पनि छन्, अर्थ मन्त्रीको इमेल पनि छ, सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको रहेछ भने अर्थ मन्त्रालयले एक्सन लिन्छ ।’
सरकारले स्वरोजगार या उद्यम बन्न चाहने युवालाई ५ देखि ६ प्रतिशतसम्मको ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ishwor Neupane
Nov. 28, 2019, 10:14 a.m.अर्थ मन्त्री को इमेल र हट लाइन नम्बर नि उपलब्ध गराउन पर्यो
Ram yadav
Nov. 28, 2019, 10:13 a.m.इमेल ठेगाना दिनुस न , सबै बैंकले यस्तै गर्छ ...ऋण दिंदैन , पर्सेनतेज माग्छ /
Birendar pashad
Nov. 28, 2019, 12:01 p.m.काम हुन्छ कि तेति कै हो
लालुराम चाैधरी
Nov. 28, 2019, 9:36 a.m.१ कुन बैकले दिने थाहा भएन । २ मैले काष्ठ फर्निचर खाेल्ने ईच्छाले गर्दा फर्निचर दर्ता पनि गरे तर मलाई आर्थिक अभाव काे कारणले फर्निचर संचालन गर्न कठिनाई भईरहेका। ३ मैले धेरै बैंक मा ऋण मागकाे लागि गए र ऋण प्रस्ताव र प्रकृया काे बारेमा के के गर्नु पर्छ साेधपुछ गर्दा । ४ अब बैक जवाफ यस प्रकार छ । क. तपाईकाे बाहिरी बाट आउने ईन स्वारर्स के छ । ख. १० लाख भन्दा कम दिन अलि ग्राहाे मान्ने । ग. सानाे उद्ममीलाई ऋण दिन हच्कीचाउने । दिन नमान्ने । सानाे उद्ममीलाई धेरै नियम कानुन देखार निरास बनाई घर फर्काउने प्रयास गर्ने । आफ्नाे मान्छे हुंदा वा चिनजान भएमा मात्र ऋण दिने प्रबृद्धी बैकमा धेरै मैले पाएन ।
Bhuwan Badu
Nov. 28, 2019, 12:54 p.m.हाम्रो नेपाल मा यस्तै छ हामी गरिब जनता लाई
Manish neupane
Nov. 28, 2019, 9:05 a.m.ऋण दिन्छन, तर ब्याज धेरै हुन्छ हाउ ....मंत्रीज्यू ब्याज नलाग्ने बनाउनुपर्यो /
Dipendra prasad joshi
Nov. 27, 2019, 8:19 p.m.Sangarila dev bank
Rankesh Gurung
Nov. 27, 2019, 5:19 p.m.I have asked some financial companies to issue some loans to establish the herbal nursery and to cultivate the MAPs (Medicinal and Aromatic Plants) into the farm in mass volume to provide regular work and apply most of the rural and isolated community. I wonder if your news portal can provide the email address of the government where I can email them to infirm. Much now more in next. Rankesh
Dipak khatri
Nov. 27, 2019, 4:38 p.m.हट लाइन नम्वर र मन्त्रीको आइडी पाउन सकिन्छ ??