भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – उर्जा, जलस्रोत तथा सिंँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग कतार फण्ड फर डेभलपमेण्टको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
सिंंहदरबारमा रहेकाे उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको उर्जा, सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताउनुभएको थियो । उहाँले कतारले नेपालको उर्जा,पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चासो राख्नुभएको थियो । त्यसका साथै उर्जा क्षेत्रमा समेत लगानी गर्न आफूहरु तयार रहेको धारणा राख्नुभयो ।
उर्जामन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले उर्जाको क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्नसक्ने प्राबधान रहेको भन्दै लगानीका लागि आग्रह गर्नुभयो ।
‘सरकारले जलविद्युतमा उदार नीति अवलम्बन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौँ, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागि समेत उपयुक्त वातावरण छ ’, भेटमा मन्त्री पुनले भन्नुभयो ।
उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यस योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।
हाल ८० प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याइसकेको भन्दै उर्जामन्त्री पुनले सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसँग ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव राख्नुभयो ।
नेपालमा उत्पादित बिजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बंगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।