सिद्धबाबामा सुरुङ मार्ग बन्ने पक्का, अर्थ मन्त्रालयले दिने भयाे १० अर्ब रुपैयाँ

 मंसिर २, २०७६ सोमबार २०:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले स्रोतको सुनिश्चिता दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ दिने निर्णय गरेको हो ।

डिजाइन एन्ड  बिल्ड मोडालिटीबाट खर्च गर्ने गरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । मध्यकालीन खर्च संरचनाभित्र रहेले १ दशमलव २४ किलोमिटर लामो सुरुङमार्ग बनाउन स्रोत दिइएको पनि अर्थले जनाएको छ ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै रुपन्देही र पाल्पा जोड्ने सिद्धबाबाको भिरमा सुरुङमार्ग बन्ने पक्का भएको छ । बर्खामा हिले पहिरो र हिउँदमा धुले पहिरोले यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि कैयाैँले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया