शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

 कात्तिक २८, २०७६ बिहीबार १७:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ ।  

शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने अवार्ड हात पार्न सफल भएको हो । अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले शिवम् सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई ‘एनएस क्वालिटी अवार्ड’ प्रदान गर्नु भएको हाे ।

निरन्तर उत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई यस्ताे अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

शिवम सिमेन्टले गुणस्तरको मामलामा ‘नो कम्प्रोमाईज’ मुख्य नारासहित राष्ट्रको विकास, निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट देशको विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम् सिमेन्टप्रति आभार व्यक्त गर्नु भयाे ।  

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया