भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै - स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ । सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।
जेठ १५ गते यता मात्रै १ लाख जनाले प्यान लिएको र हालसम्म २२ लाख जनासँग प्यान रहेको विभागले जनाएको छ । सरकारले प्यान अनिवार्य गरेपछि आफ्ना कार्यालयहरुमा छुट्टै काउन्टर राखेर सहज बनाइएको पनि विभागको दाबी छ ।
यस्तै विश्वविद्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्था, ठुला ब्यापारीक संस्था लगायतले आफ्ना कर्मचारीहरुको प्यान फारम भराएर एकमुष्ट निवेदन दिएमा आन्तरिक राजश्व विभागको टोली सम्बन्धीत संस्थामा गएर प्यान दिइने पनि विभागले जनाएको छ ।
व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था छ ।
आर्थिक विधेयक अनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलव दिँदा/लिँदा प्यान अनिवार्य गरिएको छ । कुनै संस्थाले कर्मचारीलाई प्यान विना तलव दिएमा त्यो तलब खर्चमा गणना नगरिने सरकारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।