ललितपुरबाट शृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न तामाङ पक्राउ
चैत २, २०८१ शनिबार
क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गर्नुभएको छ । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।
क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गर्नुभएको छ ।
सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उहाँले हिजो पदभार ग्रहण गर्नुभएको हो ।
कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गर्नुभएको छ ।
प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।
तत्काल ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको उहाँको भनाइ छ । कार्नी नयाँ प्रधानमन्त्री बन्नु अघिदेखि नै क्यानडा र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ ।
यसअघि उहाँले थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।