साफ च्याम्पियनशिपको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एउटै समूहमा
फागुन २८, २०८१ बुधबार
सन् २०२४ मा नेपालको हावा झनै प्रदूषित भएको छ । विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा पुगेको छ । यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो ।
आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २ दशमलव ५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यो मात्रा सन् २०२३ मा ४२ दशमलव ४ माइक्रोग्राम र सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । यो स्वस्थ हावाको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।
आईक्यू एअरले सन् २०२४ मा विश्वका १ सय ३८ देशको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने धूलोको कणको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । धेरै प्रदूषण रहेका देशको सूचीको पहिलो नम्बरमा अफ्रिकी देश चाड परेको छ । यस्तै दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो र पाँचौंमा भारत परेका छन् ।
यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ देश तथा क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ३ दशमलव २५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ । सफा हावा भएका देश तथा क्षेत्रमा बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायत छन् ।
प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर लगायत रोगको जोखिम बढ्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।