सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता शुरू भएको छ । अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन् ।
अमेरिकासँगको बैठक निकै रचनात्मक तरिकाले शुरू भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माकले आफूहरूले न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहेको टेलिग्राममा उल्लेख गर्नुभएको छ । यस्तै युक्रेनभन्दा बढी शान्ति अरू कसैले नचाहने जेलेन्स्कीका शीर्ष सहयोगी येर्माकले बताएका बीबीसीको खबरमा उल्लेख छ ।
यसैबीच शान्ति वार्ता शुरू हुनुअघि युक्रेनले रुसको मस्कोमा गरेको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।