कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको बताएपछि रास्वपा र का...
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – भारतमा हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् ।
काठमाण्डौमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन ।
भारतको अञ्चल प्रदेशमा हुने प्रतियोगिता आउँदो मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ । यसैबीच साफ च्याम्पियनशिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्ताव अस्वीकृत भएको छ ।
दक्षिण एशियाली फुटबल फेडरेसन (साफ) को कार्य समितिको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत गरेको हो । बैठकमा बहुमत सदस्यले जसरी साफ च्याम्पियनशिप चलिरहेको छ, त्यही अनुसार गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।