शेयर बजार लगातार साताैं दिन घट्याे, विकास बैंकबाहेक सबै समूहकाे शेयर ओरालाे लाग्याे

 फागुन २७, २०८१ मंगलबार १५:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २१ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव २० विन्दुमा झरेको छ । शेयर बजार लगातार सातौं कारोबार दिन घटेको हो ।

आज विकास बैंकबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, लगानी, अन्य, व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । बजार उच्च अङ्कले घटेको दिन महालक्ष्मी विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय ३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया