बाग्मतीमा मेलम्चीकाे पानी छाडियो
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज दुई सय ६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
\शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत कार्यक्रम हुँदैछन् ।
महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष हिजो नेपाल आइपुग्नुभएको छ ।
नेपाली सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि शुरू भएको हो । नेपाली सेना अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल छ ।
सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले अहिलेसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३ सय ४० जनाले विश्वशान्तिमा योगदान पुर्याइसकेका छन् । त्यसक्रममा ७३ जना सैनिकले ज्यान गुमाएका र ६८ सैनिक घाइते भएका तथ्याङ्क छ ।
अहिले ११ शान्ति मिसनमा ६ सय ४२ महिलासहित पाँच हजार ९ सय १३ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने देशहरुमध्ये नेपाल पहिलो स्थानमा छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा पनि योगदान पुर्याउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।