सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – शिवरात्रिको अवसरमा बाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड झन्डै १ हजार लिटर बगाइएको जानकारी दिनुभयो । ‘हामीले अरू समयमा पनि प्रतिसेकेन्ड ६ सय लिटर पानी नदीमा बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उहाँले भन्नुभयो, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरू पर्व तथा दैनिक रूपमा बाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ ।’
उहाँका अनुसार भाेलि बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । ‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यस बेला धाप ड्यामको पानी ल्याएर काठमाण्डाैका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ’, लामिछानेले भन्नुभयो, ‘आउँदाे वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ ।’
गएकाे वर्षको शिवरात्रिमा एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठपर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा बगाएको थियो ।
बाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवम् सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र व्रतालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिनुभयो । ‘शिवरात्रि, छठजस्ता विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आइरहेका थियौँ’, उहाँले भन्नुभयो, ‘यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आउँदाे वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ ।’
धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षाकाे समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड ४ सय लिटरका दरले बाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।