टुँडिखेलमा २६२औं सेना दिवस (तस्वीरहरू)

 फागुन १४, २०८१ बुधबार १३:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले काठमाण्डाैकाे टुँडिखेलमा विशेष कार्यक्रम गरी आफ्नाे २६२औँ दिवस मनाएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन आफ्नाे दिवस मनाउँदै आएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तित्वहरू पनि सहभागी भएका छन् । समारोहमा सेनाले परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको छ ।

नेपाली सेनाको वार्षिकोत्सव समारोहमा नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष पनि सहभागी भएका छन् । पूर्व स्थलसेनाध्यक्षहरू जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल डा. विजयकुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोज मुकुन्द नरवणे र जनरल मनोज पाण्डे हिजै नेपाल आएका हुन् ।

नेपाली सेनाको साङ्ठनिक स्वरूप १८१९ सालदेखि शुरू भएको हो । यस्तै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरू भएको हो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया