सल्यानमा दुई जना बालिका मृत भेटिए, आफूले हत्या गरेको आमाको ...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर आज सकिएकाे एमालेको केन्द्रीय समितिको बैठकले यस्ताे आग्रह गरेकाे हाे ।
एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी शर्मा ओलीकाे तर्फबाट पार्टी छाडेकाहरूलाई फर्केर आउन आग्रहसमेत भएकाे थिएन । तर यस पटक भने केन्द्रीय समितिको बैठकले नै देशमा समृद्धि ल्याउने शक्ति एमाले मात्रै भएको भन्दै पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्केर सक्रिय हुन आह्वान गरेको छ ।
एमालेको बैठकमा खिमलाल देवकोटा, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, रचना खड्कालगायतका नेताहरूले पार्टीमा फरक मत राखेकै आधारमा नेता/कार्यकर्तालाई कारबाही गर्ने नहुने बताएका छन् । तर अध्यक्ष ओलीले भने स्वतन्त्रताका नाममा पार्टीलाई बद्नाम गराएर कमजोर बनाउने कुरा सह्य नभएको जवाफ दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।