डाइनसोरको पाइला भएको सबैभन्दा ठूलो क्षेत्र भेटियो

 पुष २४, २०८१ बुधबार १५:१६:५९ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

वैज्ञानिकहरूले डाइनसोरका पाइला भएको सबैभन्दा ठूलो क्षेत्र फेला परेको बताएका छन् । दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पाइला रहेको ठाउँ भेटेको अक्सफाेर्ड विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका डाक्टर इमा निकोल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

खानी उत्खननका क्रममा १६ करोड ६० लाख वर्षअघि बनेका झन्डै दुई सय वटा पाइला भेटिएका हुन् । गएको वर्षायाममा पत्ता लागेका यी पाइला विश्वकै सबैभन्दा ठूला पदचिह्न रहेको पनि निकोल्सले बताउनुभएको छ । पाइलाहरूको थप अनुसन्धानपछि समय यकिन गरेर सार्वजनिक गरेको उहाँले बताउनुभयो । पाइलाको शृङ्खला एक सय ५० मिटरसम्म लामो छ ।

जुरासिक हाइवे नाम दिइएको त्यस ठाउँमा खानीमा खन्ने उपकरण चलाइरहँदा एक कामदारले पाइलाहरू देखेका थिए । ती पाइलाहरू दुई फरक प्रजातिका डाइनसोरका भएको अनुमान छ । पाइलाहरूबाट ती जनावर कसरी हिँडडुल गर्थे, कति छिटो हिँड्न सक्थे, कस्तो वातावरणमा बाँचिरहेका थिए लगायतका कुराहरू थाहा हुने वैज्ञानिकहरू बताउँछन् ।

हड्डीको जीवाश्मबाट भन्दा पाइलाहरूबाट फरक जानकारी प्राप्त गर्न सकिन्छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया