सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपालको निर्माण क्षेत्र पछिल्लो त्रैमासमा पनि ऋणात्मक देखिएको छ । २०८० सालको माघदेखि २०८१ असोजसम्म का तीन वटा त्रैमासमा निर्माण क्षेत्र लगातार ऋणात्मक देखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हरेक तीन महिनालाई आधार बनाएर समग्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) तथा समग्र जीडीपी मापन गर्न प्रयोग गरिने सूचकहरूको मूल्य अभिवृद्धिको अवस्था निकाल्ने गर्छ ।
जीडीपी मापन गर्ने १८ वटा सूचकमध्ये निर्माण क्षेत्र मात्रै तेस्रो पटक ऋणात्मक देखिएको छ । निर्माण क्षेत्र गएकाे आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ दशमलव ३ प्रतिशतले र चौथो त्रैमासमा ८ दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको थियो ।
चालू वर्षको पहिलो त्रैमासमा शून्य दशमलव ३ प्रतिशतले ऋणात्मक रहेको छ । यसले निर्माण गतिविधि लगातार सुस्त भएको, निर्माण सामग्रीको उत्पादन तथा आयात घटेको र नयाँ संरचना र पूर्वाधार कम बनेको सङ्केत गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।