युक्रेनमा रुसी आक्रमणबाट १३ जनाको ज्यान गयो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ सिस्नेपातालमा दुई जना बालिका घरमै मृत अवस्थामा भेटिएका छन् ।
टेकमान राना र पूर्णिमा रानाका तीन वर्षकी र ६ महिनाकी छोरीहरू आफ्नै घरमा मृत भेटिएका बनगाड कुपिण्डे–११ का वडाध्यक्ष वीरबहादुर बुढामगरले उज्यालोलाई जानकारी दिनुभयो । बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो ।
पूर्णिमाले आफैंले छोरीहरूको हत्या गरेको बताएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष बुढामगरले बताउनुभएको छ । पूर्णिमाले गला थिचेर हत्या गरेको बताएकी छिन् । तर शव हेर्दा झुन्डिएको जस्तो देखिने वडाध्यक्ष बुढामगरकाे भनाइ छ । मानसिक रूपमा ठीकठाक रहेकी महिलाले दुवै छोरीको हत्या किन गरिन् भन्ने खुलेको छैन ।
प्रहरीले आमा पूर्णिमालाई पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेकाे छ । मृतक बालिकाका बुबा रोजगारीका लागि नुवाकोटमा रहेका पनि वडाध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।