‘सुक्खा हिउँद र सन्निकट सङ्कट’
पुस २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ । जङ्गलबाट फैलिएको आगो बस्तीमा आएपछि ठूलो रूप लिएको हो ।
सरकारले ३० हजार जना मानिसको उद्धार गरेर सुरक्षित ठाउँमा सारेको समाचार संस्था रोयटर्सले जनाएको छ । सयौं घर जलिसकेका छन् । १३ हजार वटा घर उच्च जोखिममा रहेका छन् । आगोले बस्तीका कैयौं घर, महँगा सम्पत्ति, कारलगायतका संरचना खरानी बनाएको छ ।
जङ्गलबाट ५० किलोमिटर भित्रको बस्तीसम्म आगो पुगेको छ । हिजोसम्म जम्मा दुई सय एकड क्षेत्र जलेकोमा रातभरमा एक हजार एकड क्षेत्रफल आगोले ध्वस्त भएको छ । आगो अब हलिउडका धेरै कलाकार र दिग्गजहरूको घरतर्फ जान थालेको खबरमा उल्लेख छ । लस एन्जलसका गभर्नर गेभिन न्यूजमले आपत्काल घोषणा गर्नुभएको छ ।
बस्ती छाड्ने हतारमा रहेका मानिसहरूका कारण राजमार्गमा ट्राफिक जाम रहेको छ, कतिपय ठाउँमा जाममै पनि आगलागी भएको छ । मानिसले सडकमै कार छाडेर भागेका छन्, बुल डोजरले कार हटाइरहेका दृश्य देखिएका छन् ।
आगलागीका कारण दुई लाख २० हजार मानिसको घरमा बिजुली कटौती भएको छ । दमकल र हवाईजहाज तथा हेलिकप्टरको साथमा सयौं अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन् ।
सुक्खा वातावरण र तीव्र गतिमा हावा चलेका कारण आगो निभाउने काम कठिन बन्दै गएको अग्नि नियन्त्रकले बताएका छन् । राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकार जस्तोसुकै सहयोगका लागि तयार रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।