इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस

 पुष १०, २०८१ बुधबार १८:२९:१८ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ – इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाएका छन् । अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस धुमधामका साथ मनाएका छन् ।

दुई हजार वर्षअघि इस्राएलको यरूशलेम शहरमा कन्या मरियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ जसको अर्थ ‘मुक्तिदाता’ हुन्छ । येशूलाई इसाईहरूले परमेश्वरको पुत्रको रूपमा विश्वास गर्दछन् । मानव जातिका लागि उहाँले गर्नुभएको योगदानको सम्झनामा गर्दै इसाई धर्मावलम्बीले यो उत्सव मनाउने गर्दछन् ।

येशूको जन्मसँगै ईस्वी संवत् सुरु भएको विश्वास गरिन्छ । क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरूमा प्रार्थनालगायत उपहार आदानप्रदान कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिएको छ ।

आज काठमाण्डौ टोखा, धापासीमा रहेको प्रशंसा चर्चमा पनि क्रिसमस कार्यक्रम मनाइएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया