मकवानपुरको मकवानपुरगढीका किसानलाई प्रति रोपनी दुई हजार रुपैयाँ अनुदान

 मंसिर १५, २०८१ शनिबार १२:१९:१६ | रासस
unn.prixa.net

काठमाण्डौ – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र किसानलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।

गाउँसभाले चालु आर्थिक वर्षदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिइने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन भाडामा लिई खेती गर्ने किसानलाई गाउँपालिकाले भाडाबापतको रकम अनुदान दिनेछ ।

जग्गा भाडामा लिएबापत गाउँपालिकाले प्रति रोपनी  दुई हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाइ छ ।

विपन्न, सीमान्तकृत, दलित, जनजाती तथा बेरोजगारको सूचीमा रहेकालाई विशेष प्राथमिकता दिइने जनाइएको छ । किसानलाई भाडाबापतको रकम उपलब्ध गराउन पालिकाले चालु आर्थिक वर्षका लागि छ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया