अमेरिकामा यूएसएआईडीका धेरैजसो कर्मचारीलाई बिदामा राखियो, १...
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – कोठाभित्र हुने ढुसीले स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका अनुसार केही ढुसी विषालु हुने भएकाले त्यसले फोक्सोमा असरसँगै क्यान्सरजस्ता दीर्घकालीन गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।
सन् २०२४ मा च्यारिटी आस्मा एन्ड लङ्ग बेलायतले फोक्सोको समस्या भएका ३ हजार ६ सय ५२ जना मानिसमा गरेको सर्वेक्षणमा एक चौथाइ बच्चाहरू र झन्डै आधा वयस्कहरूमा ढुसीका कारण हुने दमको समस्या देखिएको थियो । यो समस्या संसारमा धेरै ठाउँमा छ ।
ढुसी एक किसिमको सूक्ष्म जीव हो । यो हावामार्फत फैलन्छ । भित्तामा कालो, सेतो वा हरियो धब्बा देखिनु घरमा ढुसी बढिरहेको सङ्केत हो । यो चिसो ठाउँमा देखिन्छ अनि गन्ध पनि आउँछ ।
एक अध्ययन अनुसार ४७ प्रतिशत घरमा ढुसी देखिन्छ । विस्तृत अध्ययन नभए पनि नेपालमा थुप्रै घरहरूमा ढुसीको समस्या पाइन्छ । ढुसी खास भित्ता, भुँइ वा फर्निचरको पछाडि जस्ता गरी नदेखिने ठाउँहरूमा विकास हुन्छ ।
अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनले वर्षा र आद्रता बढाउँदा ढुसीको समस्या अझ धेरै हुने सम्भावना रहने बताएका छन् । ढुसीको समस्याबाट जोगिन जाडो महिनामा पनि दिनमा कम्तीमा ३० मिनेट सबै झ्यालहरू खुला राख्न, शौचालय तथा नुहाउने कोठामा हावा बाहिर फ्याल्ने पङ्खा राख्न र खाना पकाउँदा भान्साको झ्यालहरू खोल्न विज्ञहरूको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।