सुक्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आजदेखि तराई/मधेश जागरण अभियान शुरू गर्दै छ । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा आज अभियान उद्घाटन हुने र आउँदो चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता–कार्यकर्ताहरू झापा पुगिसकेका छन् । यो अभियान हुलाकी मार्ग केन्द्रित हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो । अभियानको अवधिभर शहीद, बेपत्ता, घाइते अपाङ्ग परिवारसहितका पार्टीका कार्यकर्ता र नागरिकसँग भेटघाट, अन्तरक्रिया एवम् जनसभा गर्ने उहाँको भनाइ छ ।
नागरिक–माओवादी केन्द्रबीच सम्बन्ध सुधार गर्ने र सरकारका गलत कामको विरुद्ध सँगै अघि बढ्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको माओवादीले जनाएको छ । प्रवास एशियामा रहेका देशहरूमा कार्यरत नेपालीलाई सङ्गठित गर्न अभियान चलाउने तयारी भएको हो ।
समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदूरको ऐक्यबद्धता, सामाजिक सुरक्षासहित उनीहरूको हकहितका निम्ति जनप्रगतिशील मञ्चको प्रतिबद्धता भन्ने नाराका साथ आजदेखि अभियान सञ्चालन हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।