घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । यो जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाउँहरुको परिक्रमा गरिने परम्परा छ ।
झण्डै १५ घण्टाको यो यात्रा आज बिहान ४ बजे शुरु हुने भने पनि वर्षाका कारण प्रभावित भएर ५ बजे मात्र ललितपुर क्षेत्र नम्बर १ मा रहेको नकबहिलबाट शुरु भएको मतयाः सञ्चालन गर्ने मूलसमारोह समितिले जनाएको छ ।
ललितपरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्यर देवालयमा गई झण्डै २ हजार देवदेवतालाई परिक्रमा गर्ने यो यात्रामा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्लाः (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने गरिन्छ ।
राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा यो मतयाः अर्थात दीपयात्रा परम्परा थालेको बताइन्छ । यस पर्वमा विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने गर्दछ ।
यस यात्रामा अजिव भेषभूषा एवम् शैलीमा हाँस्य व्यङ्ग्यात्मक प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजासहित समूहहरुको सहभागिता पनि रहन्छ । यसमा धिमे, नायखिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदब, धाः, दम्वःखिं, नेकू, तिक्ली तथा पय्ताखिं लगायतका बाजा बजाउने गरिन्छ ।
जात्रा अन्तर्गत भोलि ६ गते बिहान ११ बजे भेला बुंगमतीमा नवबाजा बजाइनेछ भने पर्सि ७ गते बिहान ११ बजे नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउन जाने कार्यक्रम रहेको छ । आउँने ८ गते शनिवार दिउँसो १२ बजे नकबहिलमै भेला भइ गणेशपूजा यात्रा) गरिनेछ । सोही दिन साँझ ७ बजे पुरस्कार तथा सम्मान कार्यक्रमको साथमा पालो हस्तान्तरण र समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
झण्डै चार सय वर्ष अघि मल्ल राजा सिद्धिनरसिंह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुरु बौद्ध बज्राचार्यसँग सल्लाह गरी १० वटा टोलले पालैपालो सञ्चालनको जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमा गरेको किंवदन्ती छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।