साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडाैं - एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत नवाैं र दशाैं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
१० हप्ता सम्म सञ्चालन हुने यो अफरकाे तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपी वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्फत छानिएका हुन् । विजेता १० जनाले जनही १–१ लाख रुपैयाँ पाएका छन् ।
प्रत्येकहप्ता १० भाग्यशालीग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’अफर भाद्र १७गतेबाट कार्तिक २४ गते सम्म १० हप्ता संचालनगरिएको थियो ।
नवौं हप्ताका विजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताका विजयीहरुको छनौट कार्तिक २७गते एपिवान टेलिभिजनमा गरिएको लाइभ ड्र कार्यक्रममार्फत गरिएको थियो ।
दुवै हप्ताका विजयीमध्ये प्रमाणिकरणको प्रकृया पूरा भएका विजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो ।
एनसेलका लिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताका विजयी मध्येका तीनजना – बिनोद थोर्लिहाङ्ग (पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख रामथारु (कपिलवस्तु) – लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
साथै घिमिरेले दशौं हप्ताका विजयीमध्येका छ जना – सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिनाकुमारी कालिकोटे (सर्लाही), सुदिपचौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) – लाई पनिनगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा दशौं हप्ताकालागि अयोग्य ठहरिएका एक विजयीको स्थानमा दशौं हप्ताको कोडहरुबाटै एक नयाँ विजयी पनि छानिएको थियो । नयाँ विजयी कोड १०–००१८६७७७७ रहेकोे छ ।
आठौं हप्ताको विजयीमध्येका एक झापाकी राधिका तिमिल्सिनाले पनि बिहीबारै काठमाडौंबाट पुरस्स्कार ग्रहण गरेकी थिइन् ।
एनसेलले बिहीबार नै सातौं हप्ताकाविजेताहरु मध्येका दुई अर्घाखाँचीकीलक्ष्मी घर्तिमगरलाई एनसेल सेन्टर बुटवलबाट र कास्कीका पूर्ण बहादुर गुरुङ्गलाई एनसेल सेन्टर पोखराबाट पुरस्कार हस्तान्तरण गरेको थियो ।
त्यसैगरी नवौं हप्ताका विजयी मध्येकी एक झापाकी दुर्गा कुमारी लिम्बु साँवालाई एनसेल सेन्टर दमकबाट र दशौं हप्ताकाविजयीहरुमध्येका एक रौतहटका राजकिशोर प्रसाद जैसवाललाई एनसेल सेन्टर चपुरबाट पुरस्कार हस्तान्तरण गरिएको थियो ।
दशौंहप्ताको विजयी ग्राहकहरुको घोषणासँगै ‘रिचार्ज एण्ड विन’अफर पनि समापन भएको छ ।
अफर अन्तर्गत दश हप्तासम्ममा १०० जनाले जनही एक लाख रुपैयाँ जित्न सफल भए ।
यी मध्ये बिहीबारसम्ममा ६४ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी ३६ विजयीहरुलाई आवश्यक प्रक्रिया सकिएलगतै काठमाडौं लगायत उपत्यकाबाहिर रहेका एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।
अफर अन्तर्गतको नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।