साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग छुट्टाछुट्टै सम्झौता गरेका छन् ।
स्टारलिंक मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा हो । गएको महिना अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच भएको भेटमा अन्तरिक्ष, सञ्चार, प्रविधि र नवपर्वतनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । मस्कले सन् २०२१ मा नै भारतमा सेवा शुरू गर्न चाहेपनि नियम–कानूनको कठिनाइका कारण ढिलाइ भएको हो ।
स्टारलिंकको सेवा अहिले एक सय वटाभन्दा बढी देशहरूमा उपलब्ध छन् । भुटानमा पनि यसको सेवा छ । परम्परागत ब्रोडब्यान्ड सेवाहरू भूमिगत फाइबर केबल र सेलुलर टावरहरूमा भर पर्छन् भने स्टारलिंकले ‘लो अर्थ अर्बिट’ उपग्रहहरूमार्फत इन्टरनेट पहुँच प्रदान गर्दछ ।
प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि अहिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय गाडी निर्माता टेस्लाले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ ।
टेस्लाले गएको महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन निकाल्दै भारतमा भर्ती शुरू गर्न थालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।