नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाउनुभएको छ । चौतर्फी आलोचना भएपछि उहाँले शनिवार राति ‘सिंहदरबार जलाउने’ भनेर लेखेको स्टाटस सोमवार बिहान हटाउनुभएको हो ।
शनिवार बेलुकी सुत्केरी पत्नी चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा रोकेपछि आक्रोशित बनेका मेयर साहले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।
चौतर्फी आलोचनापछि आइतवार बेलुकी उहाँको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो ।
प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको सचिवालयको दाबी छ । तर, ट्राफिक प्रहरीले भने अरुलाईजस्तै नियमित जाँच मात्रै गरेको र त्यस्तो कुनै अभद्र व्यवहार नगरेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।