नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चुनौती दिनुभएको छ । आफ्नाे निजी निवासमा आज पत्रकार सम्मेलन गर्दै नेता केसीले रास्वपा सांसदहरूलाई चुनाैती दिनुभएकाे हाे ।
गएकाे फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डाैकाे तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए । त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केसीले आधार र प्रमाणविना रास्वपा सांसदहरूले बदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको दाबी गर्नुभयो ।
संसद्मा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न कांग्रेस नेता केसीले चुनौती दिनुभयो । रास्वपा सांसदहरू खनाल र श्रेष्ठले आफ्नो चरित्र, शाख, प्रतिष्ठामाथि गरेकाे प्रहारलाई कानूनी उपचारको बाटो लिने उहाँले चेतावनी दिनुभयो ।
केसीले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।