रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
भूमध्य सागर युरोपको सबैभन्दा गहिरो फोहोर फाल्ने ठाउँ बनेको नयाँ अध्ययनले देखाएको छ । आयोनियन सागरको ५ हजार १ सय १२ मिटर गहिरो अर्थात् १६ हजार ७ सय ७ फिट तल 'क्यालिप्सो डीप' सम्म मानव गतिविधिबाट उत्पन्न प्लास्टिक फोहोर फेला परेको अध्ययनमा उल्लेख छ ।
समुद्रको फेदमा कुल १ सय ६७ थरी वस्तुहरू फेला परेकामा मुख्यतया प्लास्टिकका कन्टेनरहरू रहेका अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । समुद्रमा भेटिएका फोहोरहरूमा ८८ प्रतिशत प्लास्टिकजन्य रहेका 'मरिन पोलुसन बुलेटिन' मा प्रकाशित अध्ययनले खुलासा गरेको छ ।
फोहोरका कारण समुद्री जीव पनि मारिने गरेका र धेरै जीवहरू लोप हुने सङ्घारमा रहेका अध्ययनमा उल्लेख छ । फोहोरका कारण समुद्रमा पनि 'डेड जोन' बनिरहेका छन् । 'डेड जोन' भनेको यी समुद्री क्षेत्रहरूमा जीवनको सम्भावना समाप्त हुँदैछ भन्नु हाे ।
वातावरण संरक्षण निकायको प्रतिवेदन अनुसार हरेक वर्ष ८ देखि १२ मेट्रिक टन प्लास्टिक समुद्रमा फ्याँकिन्छ । अहिले विश्वभरका समुद्रको सतहमा १५ देखि ५१ ट्रिलियन प्लास्टिकका टुक्राहरू तैरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।