साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडाैं - नेपाल कपडा उद्योग संघले सरकारले कपडा उद्योगीका माग पूरा नगरे आउँदाे कात्तिक १५ गते देखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।
मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको संघले त्यसबारे सरकारले निर्णय गर्न ढिलाई गरेको भन्दै उद्योग नै बन्द गर्ने चेतावनी दिएको हो । विदेशी कपडासँग प्रतिस्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मूल्य अभिवृद्धि करको छुट दिँदै आएको थियो ।
कपडा उद्योगीहरु कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकिने र उद्योग व्यवसाय नै धरापमा पर्ने भएकाले आफूहरु उद्योग सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।
कर छुट दिन नमिले अन्य विकल्पबाट उद्योगलाई त्यस बराबरको अनुदान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।
चालु आर्थिक वर्षको बजेट घोषणमा सरकारले करको सिद्धान्त विपरित रहेको भन्दै कपडा उद्योगीलाई दिदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । लगत्तै व्यवसायीले कर निर्धारणसम्बन्धी निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्दै प्रतिवेदन बुझाएका थिए । उद्योगीका माग बारे छलफल गर्न सरकारले कार्यदल बनाए पनि ३ महिनासम्म केही उपलब्धि नभएपछि उद्योगी उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका हुन् ।
सरकारले कपडा उद्योगीका बारेमा निर्णयमा पुग्न नसक्दा उद्योग - व्यवसाय धरापमा पर्दै गएको भन्दै अध्यक्ष प्रधानले चिन्ता व्यक्त गर्नुभयो । करका बारेमा स्पष्ट नहुँदा व्यवसायीले दशैको बेलामा पनि कपडा बेचेका छैनन ।
वार्षिक कुल कारोबारको झण्डै ४० प्रतिशत कारोबार हुने समयमा सामान स्टकमा राख्नुपर्दा व्यवसायको उत्पादन ५० प्रतिशतले घटेको उहाँले दाबी गर्नुभयो ।
नेपालमा प्रयोग हुने कुल कपडामा ८५ प्रतिशत चोरी पैठारी हुने गरेको भन्दै उहाँले चोरी पैठारीका कपडा नियन्त्रणमा लिन नसकेकोमा सरकारी निकायप्रति आक्रोश पोख्नुभयो ।
उहाँले नेपालमा वार्षिक कति कपडा खपत हुन्छ र ती कुन-कुन माध्यमबाट आइरहेका छन् भन्ने आंकडासम्म सरकारसँग नहुनु दुखद भएको टिप्पणी गर्नुभयो ।
मुलुकको कूल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ । कूल निर्यात आयमा १५ प्रतिशत योगदान पुर्याएको कपडा उद्योगमा ६० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।
नेपाल कपडा उद्योग संघका अनुसार मुलुकभर २ सयभन्दा बढी कपडा उद्योग छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।