शेयर बजार साढे २० अङ्कले बढ्यो, ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार

 पुष २४, २०७९ आइतबार १५:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज आइतवार २० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको शेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया