खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका लागि भाउ यथावत्

 फागुन २१, २०८१ बुधबार ७:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति भए पनि खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य भने यथावत् रहेको छ ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबीच हिजो भएको वार्तामा प्रतिसिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो । तर उद्योगीको कमिसन बढेको भए पनि यसबाट उपभोक्तालाई थप भार नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बजारमा ग्यासको उपभोक्ता मूल्य प्रति सिलिण्डर एक हजार ९ सय १० रुपैयाँ कायम छ । उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने उहाँले जानकारी दिनुभयो ।

सङ्घले विभिन्न १९ बुँदे माग राखेर आन्दोलन गरेको थियो । सरकारसँग कमिसन बढाउनेसहित पाँच बुँदे सहमति भएपछि ग्यास उद्योगीले आन्दोलन स्थगित गरेका छन् । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया