नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा खड्गी नियुक्त

 फागुन २०, २०८१ मंगलबार १८:२२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – सिङ्गापुरसँगकाे मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका सहायक प्रशिक्षक तथा सपोर्टिङ स्टाफ नियुक्त गरेको छ ।

एन्फाले सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जनलाई नियुक्त गरेको हो । यस्तै टिम म्यानेजरमा रमेशकुमार कार्की, सहायक टिम म्यानेजरमा नकुल हमाल ठकुरी र टोलीको फिजियोथेरापिस्टमा निशान्त जोशी नियुक्त भएका छन् ।

नियुक्त सहायक प्रशिक्षक र सपोर्टिङ स्टाफलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया