च्याम्पियन्स ट्रफी सेमिफाइनल : अस्ट्रेलियाले दियाे भारतलाई २ सय ६५ रनको लक्ष्य

 फागुन २०, २०८१ मंगलबार १८:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एएफपी

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । यस्तै दक्षिण अफ्रिका समूह ‘बी’ बाट विजेता र अस्ट्रेलिया उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २५ गते हुनेछ ।

आज भारतले अस्ट्रेलियालाई हराएमा फाइनल खेल दुबईमा र अस्ट्रेलियाले भारतलाई हराएमा फाइनल खेल पाकिस्तानमा हुनेछ ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया