अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै

 फागुन २१, २०८१ बुधबार ६:४४:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको र क्यानडा, मेक्सिको र चीनबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा कर वृद्धिको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा उहाँको सम्बोधन हुन लागेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको साथमा ह्वाइट हाउसका प्रवक्ता माइक जोनसन र उपराष्ट्रपति जेडी भान्स पनि हुनुहुने खबरमा उल्लेख छ । भान्स सिनेटको औपचारिक नेताको रूपमा दोहोरो भूमिकामा हुनुहुन्छ ।

कार्यक्रममा प्रतिनिधिसभा र सिनेट दुवैका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरू उपस्थित हुनेछन् ।  यद्यपि डेमोक्याटहरूको समूहले कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा सङ्घीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, रुसको समर्थनमा युक्रेनी समकक्षीको आलोचना गर्नेलगायतका विवादास्पद क्रियाकलाप गर्दै आउनुभएको डेमोक्याटहरूको आरोप छ । ट्रम्पका सल्लाहकार एलोन मस्क  पनि दर्शकका रुपमा संसद भवनमा उपस्थित हुने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया