खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढे पनि उपभोक्ताका ...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । आईसिटी अवार्डसँगको सहकार्यमा शुक्रवार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो।
शुक्रवार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सयभन्दा बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० भन्दा बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रोसफ्टले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बङ्लादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्याउन फाउन्डर्स हबले सहयोग गर्ने बताउनु भयाे । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गर्नुभयाे ।
त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताउनु भयाे । कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आबद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए ।
त्यस्तै कार्यक्रममा माइक्रोसफ्ट एजुरे वारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गर्नु भएकाे थियाे । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताउनु भयाे ।
कार्यक्रममा इन्फोडेभलपर्स आईसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आइडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।