साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं - साउनमा ४.२ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि दुई दशमलव तीन प्रतिशत थियो । यस अवाधिमा खाद्य पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्यवृद्धि बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निकालेको तथ्याँकअनुसार यस आर्थिक वर्षको पहिलो महिना साउनमा गैर खाद्य वस्तु तथा सेवा समूहको मूल्यवृद्धि पाँच दशमलव दुई प्रतिशत रहेको छ । गएको आर्थिक वर्षमा यो वृद्धिदर चार दशमलव नौ प्रतिशत रहेको थियो ।
मूल्यवृद्धिको अवस्थालाई क्षेत्रगत रुपमा हेर्दा पहाडमा सबैभन्दा बढी र हिमालमा सबैभन्दा कम मूल्यवृद्धि देखिएको छ । साउनमा पहाडमा ५.३, तराईमा ४.१, काठमाडौंमा उपत्यकामा ३.५ र हिमालमा २.७ प्रतिशतले मूल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।