अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिहरूले नेपाल एअरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्नका लागि माग गरेका छन् ।
आज साेमवार मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एअरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्रयाउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहल होस् ।’
निर्देशक ह्वाङ्क्युले राख्नुभएको प्रस्तावका विषयमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले राख्नुभएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छाैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।