इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको ...
फागुन १४, २०८१ बुधबार
युक्रेनले दुर्लभ खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने भएको छ । अमेरिकासँग दुर्लभ खनिज सम्झौताको सर्तहरू पूरा भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ ।
युरोप र युरो–एट्लान्टिक एकतासम्बन्धी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले सबै प्रमुख विषयहरू टुङ्गिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।
विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग रहेको युक्रेनको दाबी छ । त्यसमा एक करोड ९० लाख टन ग्राफाइट पनि समावेश छ । युक्रेनको भूगर्भ सर्वेक्षण निकायले यो खनिजको आपूर्तिमा युक्रेन विश्वमै प्रमुख पाँच देशमध्ये पर्ने बताएको छ ।
ग्राफाइट विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री बनाउन प्रयोग हुने गर्छ । युक्रेन लिथिअमको भण्डारणमा पनि युरोपमै तेस्रो धनी देश हो । युक्रेनमा आक्रमण गर्दै आएको रुसले समेत कतिपय खनिज भण्डारहरू कब्जा गरेको छ ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र रुसको कब्जामा रहेको युक्रेनी भूभागमा रहेका दुर्लभ खनिजमाथि अमेरिकालाई पहुँच खुलाउने प्रस्ताव गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि बारम्बार आर्थिक सहायताको बदलामा उसको दुर्लभ खनिज दिन दबाब दिँदै आउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।