च्याम्पियन्स ट्रफी : इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तान पहिला ब्या...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय सरोकार तथा समन्वय समितिले सिन्धुपाल्चोकका बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भिड बढेको भन्दै चासाे व्यक्त गरेकाे छ । बुधवार बसेको समितिको बैठकले सिन्धुपाल्चाेकका बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै तीनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको समिति सभापति दिलकुमारी रावल थापाले जानकारी दिनुभयो ।
यस सम्बन्धमा तीनै तहकाे सरकारका प्रतिनिधि ल्याएर छलफल गरिने सभापतिले जानकारी दिनुभयो । यस्तै समितिले विपद्काे सम्बन्धमा सरकारले गरेको पूर्वतयारी र विपद्पछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।
साथै समितिले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ । कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरूले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो । तत्कालै सरकारका प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिलकुमारी रावल थापाले बताउनुभयो ।
साथै समितिले कोभिड–१९ को नयाँ भेरियन्टको प्रभावको सम्बन्धमा पनि विज्ञहरूसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।