महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – बलिवुड निर्देशक निशिकान्त कामतको सोमबार हैदराबादको एक अस्पतालमा ज्यान गएकाे भएको छ । उनी ५० वर्षका थिए ।
अस्पतालले एक बयान जारी गर्दै सोमबार दिउँसोदेखि उनको स्वास्थ्य बिग्रिँदै गएको र साँझ साढे ६ बजेतिर ज्यान गएकाे बताएको छ ।
बयानमा अस्पतालले भनेको छ, ‘ज्वरो र निकै थकान देखिएपछि निशिकान्त कामतलाई ३१ जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनलाई दुई वर्षदेखि लिभर सिरोसिसको समस्या थियो, यही कारण उनलाई एन्टिबायोटिकसँगै अरु औषधि पनि दिन सुरु गरिएको थियो ।’
‘उनको स्वास्थ्यमा केही सुधार भएको थियो तर बिस्तारै उनको कलेजो अझ खराब हुँदै गयो । आइतबार उनलाई श्वासप्रश्वासमा थप समस्या देखिन थाल्यो र रक्तचाप पनि कम हुँदै गयो । विभिन्न अङ्गले काम गर्न छोडेपछि उनको ज्यान गयाे ।’
निशिकान्तको निधनलाई लिएर बलिवुड अभिनेता रितेश देशमुखले समाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो साथी म तपाईँलाई सम्झिरहनेछु ।’
— Riteish Deshmukh (@Riteishd) August 17, 2020
निर्देशक निलमाधव पन्डाले लेखेका छन्, ‘दृश्यम, फोर्स, मदारी लय भारी जस्ता फिल्म बनाएर निशिकान्तले चलचित्र उद्योगमा छुट्टै स्थान बनाएका थिए । आज हामीले एउटा हिरा गुमायौँ ।’
उनको निधनप्रति विभिन्न कलाकारले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।