महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड...
फागुन १४, २०८१ बुधबार
काठमाण्डाै – हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ परेका छन् ।
बेलायतले हङकङ चीनलाई फिर्ता दिएको २३ वर्ष पुगेको अवसरमा खुसीयाली मनाउन निस्केका स्वतन्त्रताको झण्डा बोकेका एक जनासहित कैयाैँलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उनीहरुले चीनले हङकङमा यही मङ्गलबारदेखि लागू गरेको नयाँ कानुन विपरीत क्रियाकलाप गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रदर्शन गर्न भेला भएका मानिसलाई भगाउन अश्रु ग्यासको प्रयोग गरेको खबरमा उल्लेख छ । सन् १९९७ मा बेलायतले हङकङ चीनलाई जिम्मा लगाउँदा ५० वर्षसम्म हङकङबासीलाई स्वतन्त्रता दिने सम्झौता रहेको भए पनि चीनले २३ वर्षमै हङकङको स्वतन्त्रता खोसेको भन्दै त्यहाँका नागरिकले विरोध गरेका छन् ।
चीनले लागू गरेको नयाँ सुरक्षा कानुन उल्लङ्घन गरेमा हङकङका नागरिकले आजीवन जेल सजाय भोग्नुपर्ने बीबीसीले जनाएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राष्ट्रिय सुरक्षामा रहेको भ्वाङ टालेको भन्दै त्याे कानुनको प्रतिरक्षा गरेकी छिन् भने विपक्षी सांसद टेड हुईले चीनले लागू गरेको कानुनले आफूहरुको न्यायिक स्वतन्त्रता अन्त्य भएको बताएका छन् ।
बेलायत, युरोपेली सङ्घ र नेटोले चीनले ल्याएको नयाँ कानुनलाई लिएर चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।